आफ्नै भाषामा परिवर्तन गरेर हेर्नुहोस : JAGJAGINEWS

Friday, July 29, 2016

भारतले अन्तर्राष्ट्रिय आतंकवादीको बहाना बनाएर नेपालको माओवादीलाई दमन गर्ने तानाबुना : jagjaginews

अन्तर्राष्ट्रिय आतंकवादीको बहाना बनाएर नेपालको माओवादीलाई दमन गर्ने तानाबुना भारतले बुनेको माओवादीको ठहर छ । यो स्वम् भारतलाई नै आत्मघाती हुने विप्लव माओवादीका अन्तराष्ट्रिय विभाग प्रमुख ‘कञ्चन’ले विज्ञप्ति निकालेर चेतावनी दिए।


‘राष्ट्रिय स्वाधीनताको संघर्षलाई कथित आतंकवादको हवाला दिएर ओझेलमा पार्ने र नेपाललाई त्रासको छायाँमुनि नियन्त्रण गर्ने अतिक्रमणकारी, हस्तक्षेपकारी बाटो भारतले पकडेको छ,’ विज्ञप्तिमा  छ, ‘भारतीय शासक वर्गले सुनियोजित प्रकारले हुदै नभएको झूठो प्रचार गरेर जसरी घटिया र भयानक षडयन्त्र नेपालको माओवादी सारतः विश्व माओवादी क्रान्तिकारीका विरुद्धमा रच्न खोजेको छ, त्यो भारतकै लागि आत्मघाती सावित हुनेछ ।’

नेपालको माओवादी आन्दोलनलाई दवावमा राख्ने या दमन गर्ने भारतको सोचाइले नेपालको माओवादी आन्दोलन, नेपाली जनताको राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई अलिकति पनि विचलित गर्न नसक्ने माओवादीले स्पष्ट पारेको छ ।

‘लस्करे तोइवा, जय- से -मोहम्मदहरुको सवाल छ, ती संगठनको नेपालसँग न कुनै सरोकार छ, न त ती संगठनसंँग माओवादी आन्दोलनको कुनै सम्वन्ध नै हुन सक्छ । यो प्रचार भारतीय शासक वर्गले गर्नुभनेको नेपालमा अन्तर्राष्ट्रिय पूँजीपतिवर्गले श्रमिक जनताको मुक्ति आन्दोलन र क्रान्तिहरुमाथि अनेकौं घटनाहरु घटाउने र दमन गर्ने चालबाजी तयार गर्नु मात्र हो,’ विज्ञप्तिमा लेखिएको छ । केही समययता भारतीय सञ्चार माध्यमहरुले नेपालको माओवादी आन्दोलनलाई मुछेर असामान्य, अस्वाभाविक, बाँध भत्काउनेसम्मका प्रचार गरिरहेको भन्दै त्यसलाई रोक्न माओवादीले चेतावनी दिएको छ ।

‘नेपाली जनताले दशकौंदेखि संचालन गर्दै आएका स्वाधिनताको संघर्ष साथै नेपालमा जनताको सत्ता स्थापना गर्ने अभियानलाई कुनै प्रभाव पर्ने छैन । बरु भारतले नै अरु ठूला प्रतिरोधहरुको सामना गर्नु पर्नेछ ,’ विज्ञप्तिमा  छ ।

No comments:

Post a Comment

Popular Posts