पाल प्रहरीले 'गुण्डा
नाइके' दीपक मनाङ्गेलाई बिहीबार राति काठमाडौंबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले अवैध रकम
असुलीको आरोपमा मनाङ्गेलाई सहयोगी राजिवकुमार सिंह सहित पक्राउ गरेको हो ।
परिसर प्रमुख एसएसपी विक्रम सिंह थापाले धम्क्याएर रकम असुलेको उजुरीपछि अनुसन्धानको लागि बिहीबार राति मनाङ्गेलाई पक्राउ गरिएको बताए ।
दीपक मनाङ्गेले
कसलाई धम्क्याएको र कति पैसा मागेको भने उनले खुलाउन सकेनन् ।
आपराधिक गतिविधिबाट अकुत सम्पति कमाएको मुद्दा खेपिरहेका मनाङ्गे पछिल्लो
समय निष्क्रिय देखिएका छन् ।
उनी विरुद्ध विशेष अदालतमा मुद्दा
चलिरहेको छ र ठमेल क्षेत्रलाई आधार बनाएर आपराधिक गतिविधिमा संलग्न
मनाङ्गेको रात्रीकालीन व्यवसायमा पकड रहेको पाइन्छ ।
प्रहरीले
काठमाडौंमा गुन्डागर्दी गर्नेहरु विरुद्ध कारबाही थालिएको बताउँदै केही
समययता नयाँ , पुराना गुन्डाहरुलाई पक्राउ गरिरहेको छ ।
गतसाता प्रहरीले गुन्डागर्दीको आरोपमा बाफलका अर्का एक गुन्डा जसवन्त राईलाई गोली हानी बबरमहलबाट पक्राउ गरेको थियो ।
No comments:
Post a Comment