आफ्नै भाषामा परिवर्तन गरेर हेर्नुहोस : JAGJAGINEWS

Wednesday, July 27, 2016

प्रधानमन्त्री ओलीले भने : खसीको साँप्रो चढाएर ‘छिमेक’मा टीका थाप्न जाने समय गयो

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदा खुसीयाली मनाउनेहरुलाई ‘नेपालमा अनिष्ट गर्छु’ भन्ने भ्रम नपाल्न चेतावनी दिए ।


आफू अर्को प्रधानमन्त्री कुरिरहेको अवस्थामा रहेको भन्दै उनले आफ्ना राजीनामापछि कहाँ-कहाँ खुसीयाली मनाइयो भन्ने आफूलाई थाहा रहेको बताएका छन् ।

आफ्नो राजीनामाले नेपालमा भन्दा बाहिर बढी खुसियाली छायो ? देश दुनियाले थाहा पाइसकेको भन्दै उनले भने, ‘खुसीयाली मनाउन पनि नपाउने भन्ने पनि होइन । खुसीयाली मनाउन मज्जाले पाइन्छ । तर, त्यस खुसियालीभित्र कहिँ कतै नेपालको अनिष्ट लुकेको छ भने त्यो भ्रम हुन्छ ।’

बुधबार राजधानीमा भएको साहित्यिक तथा सांस्कृतिक एक  कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल एकतावद्ध भएर सम्बृद्धिको बाटोमा बढ्ने बताए ।

उनले अघि अब  सानाले ठूलालाई नजराना चढाउने जमाना गयो भने। ‘म सानो हुँदा छिमेकमा खसीको साँप्रो लिएर दशैंमा टिका लगाउन जानुपथ्र्यो । त्यो नाता परेको होइन । अर्को पर्ने हो … मलाई थाहा छ’ उनले भने, ‘नेपालमा अब त्यो समय छैन । साप्रो चढाएर टिका थाप्न जाँदैन ।’

No comments:

Post a Comment

Popular Posts