अफगानिस्तानमा रहेका नेपालीको सुरक्षाबारे चासो र चिन्ता बढेको छ । सरकारले त्यहाँ रहेकाहरुलाई फिर्ता ल्याउन विशेष व्यवस्था गर्ने पनि जनाएको छ ।
कामका लागि विदेशमा रहेकाले आतंकवादी हमलामा ज्यान गुमाउनु दुखद नियति हो । यसले वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षाको प्रश्न उब्जाएको छ । सरकारले विहीबार मात्रै अफगानिस्तानसहित ४ द्वन्द्वग्रस्त मुलुकमा नेपालीलाई जान प्रतिवन्ध लगाउने निर्णय गर्यो ।
तर, सरकारले प्रतिवन्ध लगाएका अफगानिस्तानसहित इराक, सिरिया र लिबिया मात्रै नेपालीका लागि असुरक्षित हुन् त ? मलेसियाका लागि पूर्वराजदूत ऋषि अधिकारी भन्छन्- ‘द्वन्द्व चलिरहेकाले अफगानिस्तानमा त आतंकवादी आक्रमणको जोखिम धेरै देखियो । एकैपटक धेरै नेपाली मारिँदा सरकार संवेदनशील पनि देखियो । तर, मलेसियासहितका खाडी मुलुकमा पनि कामदारलाई स्वास्थ्य, आर्थिक, भौतिक र सामाजिक असुरक्षा कम्ति छैन ।’
अधिकारीका अनुसार नेपाली कामदारका प्रमुख गन्तव्य मुलुकहरुमा पनि सुरक्षा सवाल निकै कमजोर छ भन्ने प्रमाण विदेशमा ज्यान गुमाउनेको संख्याले नै पुष्टी गर्छ । चालु आर्थिक वर्षमा मात्रै ७ सय १४ जना नेपालीले मलेसियासहितका खाडी मुलकुमा ज्यान गुमाएको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको रेकर्ड छ । यसमा अवैधानिक रुपमा गएर मृत्यु हुनेको संख्या गणना भएको छैन । यसअघि वर्षमा १ हजारको हाराहारीमा नेपालीले प्रमुख श्रम गन्तब्य मुलकुमा ज्यान गुमाउने गरेका छन् ।
पूर्वराजदूत अधिकारीका अनुसार गतब्य मुलुकसँग सरकारले कामदारको सुरक्षाका सवाल नउठाउँदा मलेसिया र खाडी मुलुक अफगानिस्तान भन्दा असुरक्षित देखिएका छन् ।
‘अफगानिस्तानमा दुःखद घटना भयो । तर, मलेसियासहित खाडी मुलुक र कोरियाबाट दिनको ३ जनाको शव बाकसमै र्फकन्छ भन्ने पनि सरकारले भुल्नुहुँदैन’ अधिकारीले भने- ‘यी देशमा पनि लुटपाट र ठगी गर्ने गिरोहबाट कामदार असुरक्षित छन् । प्रमुख गन्तव्य मुलुकमा सम्झौताअनुरुप तलव, ओभरटाइम नदिएर कामदार आर्थिक रुपमा असुरक्षित छन् । बेलामा उपचार नपाएर धेरै कामदारले मृत्युवरण गर्दैछन् । यी सबै सुरक्षाकै सवाल हो भन्ने बुझ्नुपर्छ ।’
किन हुन्छ बिदेशमा मृत्यु ?
वैदेशिक रोजगारीमा जानेहरुको अधिकांशको मुत्युको कारण कार्यस्थलको दुर्घटना हो भने केहीको सडक दुर्घटनामा मृत्यु हुने गरेको छ । कतिपय नेपालीले सुतेकै ठाउँमा विविध कारणले मृत्यु हुन्छन् भने केहीको हत्या भएको छ भने केहीले आत्महत्या गरेको पाइएको छ । धेरै नेपालीहरुको हृदयाघातका कारणले पनि निधन हुने गरेको छ ।
कार्यस्थलमा सुरक्षा नअपनाउने र बढी जोखमयुक्त काममा नेपाली कामदारलाई लगाइने कारण कार्यस्थलमा हुने दुर्घटनाबाट अंगभंग हुने क्रम पनि निकै बढेको बोर्डका सहायक निर्देशक दिपेन्द्र पौडेेल बताउँछन् ।
सन् २०१५ मा ३ जना नेपालीको विदशेमै हत्या भएको छ । लुटपाटमा संलग्न हुने समूहबाट तथा व्यक्तिगत रिसिवीमा पनि हत्याका घटना हुने गरेका छन् ।
त्यसैगरी मृत्युदण्ड, प्राकृतिक प्रकोपलगायतका कारण पनि ३८ जना नेपालीले ज्यान गुमाएका छन् । २ सय ४८ जनाको प्राकृतिक मृत्यु भएको छ भने अन्य कारणले ३८ जनाले ज्यान गुमाएका छन् । प्राकृतिक मृत्यु बाहेक अन्य सबै कामदारको सुरक्षासँग नै सम्बन्धित रहेको देखिन्छ ।
कार्यस्थलमै मृत्यु, घाइते र अंगभंग भएकाहरुको परिवारले रोजगारदाताबाट एक रुपैयाँ पनि क्षतिपूर्ति पाउँदैनन् । त्यसै अहिले खाडीमा आउनेको सुरक्षाको ग्यारेन्टी सरकारले रोजगारदाता मुलकुसँग माग्नुपर्छ भन्ने आवाज उठेको छ ।
आफ्नै भाषामा परिवर्तन गरेर हेर्नुहोस : JAGJAGINEWS
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
Nepal will face Netherlands in the first match of the ICC World Cricket League Championship’s fourth round at the VRA Ground in Amstelveen ...
-
CPN-UML Vice-Chairman Bamdev Gautam on Saturday stated that his party would not let House endorse the Constitution amendment proposal as th...
-
Prime Minister Oli’s childhood name was Dhruba oli. While enrolling in school, his parents changed his name to Khadga Prasad oli. He studie...
-
अर्चना पनेरु नेपाली फिल्म क्षेत्रका नयाँ नयिका हुन । उनि आफुलाई पोर्न स्टार भन्न रुचौछिन । सन्नी लियोन बाट प्रभाबितरी बनेका अर्चना आफ्नो होत...
-
ANNISU, the student wing of the Biplav-led CPN-Maoist, handed over a seven-point memorandum to Kathmandu Chief District Officer Ram Krishna...
-
Prime Minister K P Sharma Oli called China an "all weather friend" that has helped it at times of distress, weeks after China sen...
-
Nepal College of Information Technology ( NCIT) was established in 2001 at Pokhara University affiliated Bachelor’s and Master’s programs B...
-
पाल प्रहरीले 'गुण्डा नाइके' दीपक मनाङ्गेलाई बिहीबार राति काठमाडौंबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले अवैध रकम...
-
United Nations already disowned Nepal’s recently formed transitional justice mechanisms the government’s Attorney General has revealed. ...
-
यो वर्ष एसएलसी परीक्षाको नतिजा ग्रेडिङ अर्थात् जीपीए प्रणालीअनुसार सार्वजनिक भएपछि भने धेरैलाई विश्वविद्यालयस्तरका विषय छनौट गर्ने कि प्राव...
malayasia ma kati marchhan nepali haru. malaysia sakvar kohi najau hai,,,,,,,,,,
ReplyDelete