Stipulated dowry violence IN nepal
Now your turn to say I am sorry for stipulated.
मधेसमा दाइजो हिंसा
मधेसमा दाइजो हिंसाको समाचार कहीँ कतै आयो भने हिजोआज सामाजिक सञ्जालमा त्यो समाचारसँगै नागरिक समाजका सदस्यहरू र प्रशान्त झा , तुला नारायण साह लगायतका ट्याग भैहाल्दा रहेछन् ।
विखण्डनकारी शब्दको प्रयोग कहीँ कतै भयो भने मानिसहरूले सारा मधेसी नेताका अनुहार सम्झन थाल्छन् ।विकासमा भ्रष्टाचार भयो कि सप्तरी र महोत्तरी जिल्ला विकास समितिको तस्बिर मान्छेको मनमष्तिष्कमा नाच्न थाल्छ ।जब जब हामी जस्ताले आफ्ना विवेकले देखेको कुरा लेख्छौं वा बोल्छौं , तब तब हामीलाई जातिवादीको बिल्ला भिडाइन्छ।
समाजमा 'स्टेरियोटाइप इमेज'हरू पनि एउटा मुख्य समास्याको रूपमा रहेको हुन्छ । जस्तो अफ्रिकीहरू काला हुन्छन्, हिंस्रक हुन्छन् र अफ्रिका भनेको जङ्गलै जङ्गल भएको ठाँउ हो भन्ने सानैदेखि हाम्रो दिमागमा भरिएको हुँदा हाम्रो मस्तिस्कमा त्यस्तै तस्बिर आउँछ । यो जन्मजात पूर्वाग्रह हटाउन साह्रै गाह्रो हुन्छ .
नेपाल जस्तो मुलुकमा यो रोगबाट ग्रसित नभएको मानिस पाउन प्रायः गाह्रै छ । चाहे पिएचडीधारी नै किन नहुन् प्रायः सबै यो रोगबाट ग्रसित हुन्छन् ।
अफ्रिका एउटा माहादेश हो, त्यहाँ हरेक खालका मानिसहरू छन्- गोरा, काला र एक से एक पढेलेखेका विद्वानहरू पनि छन् । त्यहाँका मानिसहरू पनि शान्ति र विकास चाहन्छन् भन्ने कुरा हाम्रो दिमागमा सजिलै पस्दैन ।
त्यस्तै अमेरिका र युरोपतिर कस्तो 'स्टेरियोटाइप' भेटिन्छ भने, मुस्लिम भन्नेबित्तिकै सबै अलकायदाका सदस्य हुन्छन् र आतंकवादी हुन्छन् । मुस्लिममा एक सय एक अहिंसावादी र शान्तिका प्रतीक हुने व्यक्तिहरू छन् । कुरानले शान्तिको पनि शिक्षा दिन्छ भन्ने मानिसहरूको सोचमा प्राय :। आउँदैन किन भने त्यो 'आम धारणा' निर्माण गर्ने संचारजगत युरोपेली र अमेरिकीहरूको नियन्त्रणमा छ
ठीक त्यस्तै नेपालमा मधेसी भन्ने बित्तिकै दाइजो लिएकै होला, महिला हिंसा गरेकै होला, जातीय छुवाछुत गरेकै होला, पारिबाट शैक्षिक प्रमाणपत्र ल्याएकै होला भन्ने स्टेरियोटाइप छ। मधेशी मूलका सरकारी कर्मचारीले भ्रष्टाचार गर्छ नै होला, एनजीओवाला मधेसी त डलरवाला भैहाले, मधेसी वकिल विचौलीया होला, मधेसी तरकारीवालाले त ठग्छ नै, कवाडीवालाले राम्रै सामान बटुलेर लैजान्छन्।
यस्ता धारणा हाम्रो दिमागमा किन बन्छन? पढेलेखेका र फरक विचार राख्ने र आफनो हक अधिकारको कुरा गर्ने मधेसीहरू किन राम्रा हुनै सक्दैनन् ? 'राम्रा'मा पर्नलाई कि त उनीहरू' कोअप्ट 'भएर शासकको भक्ति गाउनु पर्यो, कि त कृत्रिम रुपमा हिमाल पहाड तराई कोही छैन पराईको भजन मण्डलीमा सामेल भएर सही र आफनो मनको भावनालाई मनभित्रै दमित गर्नुपर्यो ।
सही कुरा गर्ने भन्दा पनि मिठा र चिल्ला कुरा गरेर यथास्थितिवादलाई बिहान बेलुका चाकडी गरी देशलाई कहिले उँभो लाग्न नदिने प्रवृत्तिलाई किन प्रोहत्सान छ हामीकहाँ ?
बुझ्नुपर्ने कुरा के हो भने, तिनका फर्मुलाले काम गर्ने भए त नेपालको अहिले यो हालत नै हुने थिएन ।
हामी नेपालीले कहिले पनि आफ्नो सामाजिक, पारिवारीक र शैक्षिक पृष्ठिभूमिकै कारण निर्मित गलत अवधारणा र विचारहरू आलोचनात्मक कोणबाट हेर्ने र गल्तीलाई सच्याउने प्रयास गरेनौँ ।
ब्राजिलियन शिक्षाविद् पाउलो फ्रेरीले आफ्नो पृष्ठिभुमिलाई प्रश्न गर्ने सक्ने क्षमता नै शैक्षिकस्तरको मापन हो भनेका छन् ।तर बिडम्बना हाम्रो देशमा प्रमाणपत्रधारीहरू मात्रै भए। जो जति पढे लेखेका छन्, तिनीहरू त्यति धेरै रुढिवादी छन्।
तिनीहरू बाहिरबाट चिल्ला कुरा गर्छन, तर तिनको मनमष्तिष्क संकीर्णताले भरिएको छ। तिनीहरूभन्दा त गाउँका 'अनपढ' धेरै विवेकी छन्-जसलाई ठीक / बेठीक राम्ररी भने पछि कमसेकम सुन्छन् र मान्छन् पनि । प्रमाणपत्रधारी त कहिले आफू पनि नसुध्रिने र देशलाई पनि उँभो लाग्न नदिने गरी कसम खाएर बसेका छन् । तिनको प्रमाणपत्र र ज्ञानको प्रयोगको मापन त देशको अवस्थाले देखाई नै रहेकोछ । आफ्नो ज्यानमात्रै त जनावरले पनि पाल्छ।
जातिवादी र रुढिवादी सोच त्याग्न सकेको खण्डमा देश बन्न समय लाग्दैन । अहिले देशका सामु रहेको मुद्दा भनेको समावेशी लोकतन्त्रको हो । यही समावेशी लोकतन्त्रले देशमा अपमानित भएर बसेका मधेसी, थारुहरूको समस्याको समाधान गर्नेछ।
तर विडम्बना अहिलेसम्म हामी देशलाई झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुर पाँच जिल्लाको विवादको बन्धकी बनाएर राखेका छौँ । पाँच जिल्लाको विवादले देशलाई कहिलेसम्म 'होस्टेज' बनाएर राख्ने त? मुलुकको आर्थिक प्रगति कहिलेसम्म रोकिराख्ने? पुस्ता दर पुस्ता के कात्रो रेमिटान्समा मात्रै भर पर्ने ? सेक्युरिटी गार्ड र हाउसकिपरको जागिरबाट आएको रियालबाट हाम्रो राष्ट्रियतालाई कहिलेसम्म टिकाइ राख्ने त ? अब अलि फरक हिसाबले सोच्ने बेला आयो कि? अफगानिस्तानबाट आएको हाम्रा दाजुभाइको लासको डिब्बाले दिएको शिक्षालाई आत्मसाथ गर्ने कि ?तीनका हत्याको दोष जति तालीवानीलाई जान्छ त्यो भन्दा केही कम भए पनि देश भित्रै रोजगार उप्लबध गराउन नसक्ने हामीलाई पनि जान्छ ।
सानैदेखि हामीले पालेका पूर्वाग्रहको 'ह्याङओभर' बाट थोरै भएपनि आफूलाई मुक्त गर्ने कि?
फरक हिसाबले सोचौं त- मधेशी, थारू जतिको राष्ट्रवादी यो देशमा को होला नै? सत्र सय किलोमिटरको भारत नेपालको खुल्ला सीमा विनाबर्दी र विनाहतियार पहरेदारी गरेका छन् मधेसी , थारुले। सायद सिक्किममा मधेसी भएको भए आज सिक्किमिकरण हुँदैनथ्यो कि ? पारि अर्थात भारतपट्टि राम्रो विकास भएको छ तर आफ्नो माटो छोडेर मधेसी , थारु किन त्यता जाँदैनन्? सेना, प्रशासन कर्मचारी र न्यायालयमा एउटै समुदायको वर्चस्व भएपनि मधेसी थारुहरू करदाता र मतदाता किन भैराखेका छन् ?
तीनका जुत्तामा तपाईँ आफना खुटा राखेर हेर्नुस्।
सेना, प्रशासन, कर्मचारी र न्यायालयमा आज पहाडेहरूको जुन उपस्थिति छ मधेसी थारुहरूको त्यस्तै एकल उपस्थिति त्यहाँ भएको भए तपाईँले कुन स्तरको विद्रोह गर्नुहुन्थ्यो हामी कल्पना समेत गर्न सक्दैनौँ? तपाईँले गर्दा सबै ठीक र अन्य समूहले गरेको सबै बेठीक हुनु कारण चाहिँ के हो त ? कि त तपाईँले भन्न सक्नु पर्यो, हाम्रो नश्ल उत्तम हो र अरुको कमसल हो!
यसकारण फरक हिसाबले आफूलाई प्रश्न गरौं, मधेसबाट कर जम्मै सरकारले उठाउने र मत जति कांग्रेस एमालेले तर दाइजो हिंसाको समाचारमा हामीलाई सधै 'ट्याग' किन गर्ने?
विखण्डनकारी शब्दको प्रयोग कहीँ कतै भयो भने मानिसहरूले सारा मधेसी नेताका अनुहार सम्झन थाल्छन् ।विकासमा भ्रष्टाचार भयो कि सप्तरी र महोत्तरी जिल्ला विकास समितिको तस्बिर मान्छेको मनमष्तिष्कमा नाच्न थाल्छ ।जब जब हामी जस्ताले आफ्ना विवेकले देखेको कुरा लेख्छौं वा बोल्छौं , तब तब हामीलाई जातिवादीको बिल्ला भिडाइन्छ।
समाजमा 'स्टेरियोटाइप इमेज'हरू पनि एउटा मुख्य समास्याको रूपमा रहेको हुन्छ । जस्तो अफ्रिकीहरू काला हुन्छन्, हिंस्रक हुन्छन् र अफ्रिका भनेको जङ्गलै जङ्गल भएको ठाँउ हो भन्ने सानैदेखि हाम्रो दिमागमा भरिएको हुँदा हाम्रो मस्तिस्कमा त्यस्तै तस्बिर आउँछ । यो जन्मजात पूर्वाग्रह हटाउन साह्रै गाह्रो हुन्छ .
नेपाल जस्तो मुलुकमा यो रोगबाट ग्रसित नभएको मानिस पाउन प्रायः गाह्रै छ । चाहे पिएचडीधारी नै किन नहुन् प्रायः सबै यो रोगबाट ग्रसित हुन्छन् ।
अफ्रिका एउटा माहादेश हो, त्यहाँ हरेक खालका मानिसहरू छन्- गोरा, काला र एक से एक पढेलेखेका विद्वानहरू पनि छन् । त्यहाँका मानिसहरू पनि शान्ति र विकास चाहन्छन् भन्ने कुरा हाम्रो दिमागमा सजिलै पस्दैन ।
त्यस्तै अमेरिका र युरोपतिर कस्तो 'स्टेरियोटाइप' भेटिन्छ भने, मुस्लिम भन्नेबित्तिकै सबै अलकायदाका सदस्य हुन्छन् र आतंकवादी हुन्छन् । मुस्लिममा एक सय एक अहिंसावादी र शान्तिका प्रतीक हुने व्यक्तिहरू छन् । कुरानले शान्तिको पनि शिक्षा दिन्छ भन्ने मानिसहरूको सोचमा प्राय :। आउँदैन किन भने त्यो 'आम धारणा' निर्माण गर्ने संचारजगत युरोपेली र अमेरिकीहरूको नियन्त्रणमा छ
ठीक त्यस्तै नेपालमा मधेसी भन्ने बित्तिकै दाइजो लिएकै होला, महिला हिंसा गरेकै होला, जातीय छुवाछुत गरेकै होला, पारिबाट शैक्षिक प्रमाणपत्र ल्याएकै होला भन्ने स्टेरियोटाइप छ। मधेशी मूलका सरकारी कर्मचारीले भ्रष्टाचार गर्छ नै होला, एनजीओवाला मधेसी त डलरवाला भैहाले, मधेसी वकिल विचौलीया होला, मधेसी तरकारीवालाले त ठग्छ नै, कवाडीवालाले राम्रै सामान बटुलेर लैजान्छन्।
यस्ता धारणा हाम्रो दिमागमा किन बन्छन? पढेलेखेका र फरक विचार राख्ने र आफनो हक अधिकारको कुरा गर्ने मधेसीहरू किन राम्रा हुनै सक्दैनन् ? 'राम्रा'मा पर्नलाई कि त उनीहरू' कोअप्ट 'भएर शासकको भक्ति गाउनु पर्यो, कि त कृत्रिम रुपमा हिमाल पहाड तराई कोही छैन पराईको भजन मण्डलीमा सामेल भएर सही र आफनो मनको भावनालाई मनभित्रै दमित गर्नुपर्यो ।
सही कुरा गर्ने भन्दा पनि मिठा र चिल्ला कुरा गरेर यथास्थितिवादलाई बिहान बेलुका चाकडी गरी देशलाई कहिले उँभो लाग्न नदिने प्रवृत्तिलाई किन प्रोहत्सान छ हामीकहाँ ?
बुझ्नुपर्ने कुरा के हो भने, तिनका फर्मुलाले काम गर्ने भए त नेपालको अहिले यो हालत नै हुने थिएन ।
हामी नेपालीले कहिले पनि आफ्नो सामाजिक, पारिवारीक र शैक्षिक पृष्ठिभूमिकै कारण निर्मित गलत अवधारणा र विचारहरू आलोचनात्मक कोणबाट हेर्ने र गल्तीलाई सच्याउने प्रयास गरेनौँ ।
ब्राजिलियन शिक्षाविद् पाउलो फ्रेरीले आफ्नो पृष्ठिभुमिलाई प्रश्न गर्ने सक्ने क्षमता नै शैक्षिकस्तरको मापन हो भनेका छन् ।तर बिडम्बना हाम्रो देशमा प्रमाणपत्रधारीहरू मात्रै भए। जो जति पढे लेखेका छन्, तिनीहरू त्यति धेरै रुढिवादी छन्।
तिनीहरू बाहिरबाट चिल्ला कुरा गर्छन, तर तिनको मनमष्तिष्क संकीर्णताले भरिएको छ। तिनीहरूभन्दा त गाउँका 'अनपढ' धेरै विवेकी छन्-जसलाई ठीक / बेठीक राम्ररी भने पछि कमसेकम सुन्छन् र मान्छन् पनि । प्रमाणपत्रधारी त कहिले आफू पनि नसुध्रिने र देशलाई पनि उँभो लाग्न नदिने गरी कसम खाएर बसेका छन् । तिनको प्रमाणपत्र र ज्ञानको प्रयोगको मापन त देशको अवस्थाले देखाई नै रहेकोछ । आफ्नो ज्यानमात्रै त जनावरले पनि पाल्छ।
जातिवादी र रुढिवादी सोच त्याग्न सकेको खण्डमा देश बन्न समय लाग्दैन । अहिले देशका सामु रहेको मुद्दा भनेको समावेशी लोकतन्त्रको हो । यही समावेशी लोकतन्त्रले देशमा अपमानित भएर बसेका मधेसी, थारुहरूको समस्याको समाधान गर्नेछ।
सानैदेखि हामीले पालेका पूर्वाग्रहको 'ह्याङओभर' बाट थोरै भएपनि आफूलाई मुक्त गर्ने कि?
फरक हिसाबले सोचौं त- मधेशी, थारू जतिको राष्ट्रवादी यो देशमा को होला नै? सत्र सय किलोमिटरको भारत नेपालको खुल्ला सीमा विनाबर्दी र विनाहतियार पहरेदारी गरेका छन् मधेसी , थारुले। सायद सिक्किममा मधेसी भएको भए आज सिक्किमिकरण हुँदैनथ्यो कि ? पारि अर्थात भारतपट्टि राम्रो विकास भएको छ तर आफ्नो माटो छोडेर मधेसी , थारु किन त्यता जाँदैनन्? सेना, प्रशासन कर्मचारी र न्यायालयमा एउटै समुदायको वर्चस्व भएपनि मधेसी थारुहरू करदाता र मतदाता किन भैराखेका छन् ?
तीनका जुत्तामा तपाईँ आफना खुटा राखेर हेर्नुस्।
सेना, प्रशासन, कर्मचारी र न्यायालयमा आज पहाडेहरूको जुन उपस्थिति छ मधेसी थारुहरूको त्यस्तै एकल उपस्थिति त्यहाँ भएको भए तपाईँले कुन स्तरको विद्रोह गर्नुहुन्थ्यो हामी कल्पना समेत गर्न सक्दैनौँ? तपाईँले गर्दा सबै ठीक र अन्य समूहले गरेको सबै बेठीक हुनु कारण चाहिँ के हो त ? कि त तपाईँले भन्न सक्नु पर्यो, हाम्रो नश्ल उत्तम हो र अरुको कमसल हो!
यसकारण फरक हिसाबले आफूलाई प्रश्न गरौं, मधेसबाट कर जम्मै सरकारले उठाउने र मत जति कांग्रेस एमालेले तर दाइजो हिंसाको समाचारमा हामीलाई सधै 'ट्याग' किन गर्ने?
No comments:
Post a Comment