चिकित्सक पेसा अँगाल्नु आफैमा चुनौतीपूर्ण छ । एमबीबीएस अध्ययनको अवसर कठोर मिहिनेत गरेर उत्कृष्टमध्येमा पनि उत्कृष्ट अङ्क प्राप्त गर्नेलाई मात्र प्राप्त हुन्छ । धेरैजसो मानिसको चाहना चिकित्सक बन्नु भन्ने नै छ । एसएलसीमा कठोर मिहिनेत एवं विज्ञान विषयमा समेत उच्च अङ्क प्राप्त भएपछि मेडिकल शिक्षा आर्जन गर्ने मार्ग प्रशस्त हुन्छ । मेडिकल इन्ट्रान्समा राम्रो गर्नेलाई उच्च शिक्षाका लागि देश विदेशमा अवसर प्राप्त हुन्छ ।
मुख्य कुरा फलामे ढोका मानिने एमबीबीएस अध्ययनका लागि न्यूनतम अङ्क र छात्रवृत्तिका लागि विज्ञान विषयहरुमा उत्कृष्ट नम्बर ल्याउनुपर्ने हुन्छ । कागझैँ धेरै बाठा भएर डाक्टर बन्ने सपनामा रमाइरहेकालाई नक्कली प्रमाणपत्रले सपना सकार बनाउँदै आएको थियो ।
म यहाँ नक्कली भन्ने शब्दबारे केही भन्न चाहेको छु । कसैले नक्कली डाक्टरको आरोप लगाउँदैमा हुन्छ र ? आरोपको खण्डन गर्ने प्रशस्त बाटाहरु छन् । बहस, प्रतिबहसहरु हुनेछन् । दोषीलाई दोषमुक्त हुन कानुनी उपचार हाम्रोसामु विद्यमान छ । हाम्रो चिन्तन र शैली फरक छ । कसैले नराम्रो भन्दैमा हुबहु उही चर्चा गरिन्छ । डाक्टरी प्रमाणपत्र त एमबीबीएसपछि प्राप्त हुन्छ । नक्कली डाक्टर भन्नलाई त यो डिग्री नक्कली सावित गर्नुपर्यो । नेपाल मेडिकल काउन्सिलले त डाक्टरी अभ्यास गर्न लाइसेन्स दिने हो ।
हाम्रो अनुगमनका पद्धतिमा नै कहीँ न कही कमजोरी छन् । किनभन मेडिकल पढ्नुभन्दा अगाडि पटकै पटक आफ्ना डकुमेन्टहरु सम्बन्धित निकायमा बुझाउनु पर्छ । त्यतिबेला नै ती कागजातहरुको हेक्का नपुर्याई छात्रवृत्ति दिने संस्थाहरुको खोजी खोजी नगर्ने हो भने यो प्रकृया केही समयपछि झन् जटिल बन्ने छ ।
पेसागत संवेदनशीलतालाई हेर्दा समाजिक ध्यान केन्द्रित हुनु स्वभाविक मानिन्छ । मानिसको विश्वास कायम नै छ, तापनि बिरामी भएर अस्पपताल जाने जोसुकैले पनि मनमा सक्कली कि नक्कली भन्ने शब्दको छाप चाहिँ राखेको हुन्छ । अहिले प्रयास गरिएका कदमलाई टुङ्गोमा पुर्याउनै पर्छ तर पेसामा आबद्ध निर्दोष डाक्टरहरुको समाजिक मानमर्यादामा आँच नआउने गरी कारवाहीको दायरामा ल्याउन सकिए अझ राम्रो हुन्छ ।
हाम्रो अनुगमनका पद्धतिमा नै कहीँ न कही कमजोरी छन् । किनभन मेडिकल पढ्नुभन्दा अगाडि पटकै पटक आफ्ना डकुमेन्टहरु सम्बन्धित निकायमा बुझाउनु पर्छ । त्यतिबेला नै ती कागजातहरुको हेक्का नपुर्याई छात्रवृत्ति दिने संस्थाहरुको खोजी खोजी नगर्ने हो भने यो प्रकृया केही समयपछि झन् जटिल बन्ने छ । साथै एमबीबीएस अध्ययन अध्यापन गराउने संस्थालाई पनि अनुसन्धानको दायरमा ल्याउनु पर्छ । अनि नक्कली सर्टिफिकेट बनाउने विश्वविद्यालय कलेज राष्ट्रिय, अन्तर्राष्ट्रिय कानुनसमेतको खोजी गरी कारवाही गर्नुपर्छ । इजाजत दिएर बिरामीको उपचार गर भन्ने संस्थालाई के गर्ने ? यी सबै पक्षहरुमा हामीले ध्यान पुर्याउनु अत्यावश्यक छ र भोलिका दिनमा शुद्ध समाज निर्माण गर्न हालको बहसले निर्णायक भूमिका खेल्न सक्नेछ ।
यस्ता शैक्षिक ठगी खतरनाक हुन्छन् र यिनले गर्दा अरु क्षमतावानहरु अन्य विद्यार्थीलाई वञ्चित गराए । डाक्टर बन्ने सपना बुनेर कडा परिश्रम गरेका रातदिन मिहिनेत गर्ने प्रतिभाहरुको भविष्यमाथि यी भ्रष्टहरुले खेलवाड गरेका छन् ।
चिकित्सा जगतमा गरिएका यस्ता अनुसन्धानले अन्य पेसामा लागेकाहरुलाई पनि धरापमा पारेको छ । यस्ता अनुसन्धान अन्य क्षेत्रमा पनि हुनुपर्छ । योग्य तथा क्षमतावानले मात्र सम्बन्धित पेसामा संलग्न हुन पाउनु पर्छ । चिकित्सा पेसालाई अकुत आर्जनको माध्यम बनाउन शैक्षिक प्रमाणपत्र नै बदल्नेले नागरिकको जीवनको सुरक्षा कुनै पनि अवस्थामा सम्भव छैन । तसर्थ यस्ता कार्यमा संलग्न व्यक्ति, संस्था र विश्वविद्यालयलाई समेत अनुसन्धार गरी कारवाही होस ।
No comments:
Post a Comment