आफ्नै भाषामा परिवर्तन गरेर हेर्नुहोस : JAGJAGINEWS

Showing posts with label celebrety. Show all posts
Showing posts with label celebrety. Show all posts

Friday, July 1, 2016

Tirsana Budhathoki’s photo gallery 2016

Tirsana Budhathoki is one of good model in nepal.  She is diffrent model than other model. she is opend type and she share her feelings to easily her fans. She exposes her hot photoshots and published diffrent facebook and onlines. here are some her especial photo collection 2016.












Wednesday, June 29, 2016

अर्चना पनेरुका केहि हट फोटोहरु ( Archana Paneru hot Photoshot)

अर्चना पनेरु नेपाली फिल्म क्षेत्रका नयाँ नयिका हुन । उनि आफुलाई पोर्न स्टार भन्न रुचौछिन । सन्नी लियोन बाट प्रभाबितरी बनेका अर्चना आफ्नो होत फोटो हरु शूत गरी बेल बेलामा फेसबुकमा अपलोड गर्दै आएकी छिन । उनले निर्देशक राजु गिरी सँग ४ लाख भन्दा बढी पारिश्रमिक लिदै बिभिन्न नेपाली चलचित्रमा अभिनयाँ गरिसकेका छन् ।













Monday, June 27, 2016

अनमोल केसी यतिबेला नेपाली चलचित्र क्षेत्रका ‘हटकेक’ Anamol kc film star of nepal

अभिनेता सुपुत्र अनमोल केसी यतिबेला नेपाली चलचित्र क्षेत्रका ‘हटकेक’ भएका छन् । लाखौं दर्शकका प्रिय यी चकलेटी अभिनेतालाई लिएर चलचित्र निर्माण तथा निर्देशन गर्न इच्छुक निर्माता तथा निर्देशकहरूको सूची लामै छ । हजारौं युवती अनमोलसँ लालायित छन् । रेडियो, टेलिभिजन, अनलाइनदेखि छापा माध्यमका सञ्चारकर्मीहरूसमेत अनमोलको अन्तर्वार्ता लिन आतुर छन् ।


यी सबै कुरालाई एकातिर राखौं, यतिबेला अनमोल केसीका कारण उनका बुवा भुवन केसी तथा आमा सुस्मिता (बमजन) बीच समेत हानाथाप चलिरहेको छ, अर्थात् अनमोललाई यतिबेला बुवा–आमाले नै तानातान गरिरहेका छन् भनेर अनुमान गर्नेहरू प्रशस्त छन् । रमाइलो कुरा के छ भने बुवा भुवन केसीसँग बत्तीसपुतलीस्थित निवासमा बसोबास गर्ने अनमोल आमा सुस्मिताले चाहेका बेला उनलाई भेट्न उनको निवास लाजिम्पाट समेत पुगिरहन्छन्, अर्थात् अनमोलले बुवा र आमासँगको आफ्नो सम्बन्धलाई ‘सन्तुलन’ मा त राखेका छन् तर बुवा–आमालाई एक ठाउँमा ल्याउन भने असफल देखिएका छन् । 

भन्नेहरूले त भुवन केसीको पहिलो निर्देशनको चलचित्र ‘ड्रिम्स’, जसमा अनमोल केसी नै मुख्य भूमिकामा छन्, त्यसको निर्माण सम्पन्न नहुँदै अनमोलकी आमा सुस्मिताले अनमोलको पपुलारिटीलाई ‘क्यास’ गर्ने उद्देश्यले चलचित्र ‘म त तिम्रै हुँ’ निर्माण गर्ने घोषणा गरिन् पनि भने । त्यसो त प्रारम्भमा सुस्मिताले नै निर्देशन गर्ने भनिएको उक्त चलचित्रमा अनमोल नै अभिनेताका रूपमा प्रस्तुत हुने अनुमान गरिएको थियो, तर सम्पूर्ण अनुमानविपरीत उक्त चलचित्रलाई न त सुस्मिताले निर्देशन गरिन्, न त अनमोलले अभिनेताका रूपमा अभिनय नै गरे । 
बरू सुस्मिताले विगतमा झैं ‘अनमोल क्रिएसन प्रालि’ को ब्यानरमा चलचित्र निर्माण गर्ने घोषणा गरिन् । चलचित्रका अधिकांश सार्वजनिक समारोहमा सुस्मिताले अनमोललाई उपस्थित गराउँदै गइन् । पछिल्लो समय अनमोलको जन्मदिनको अवसर पारेर सुस्मिताले यो चलचित्रको प्रदर्शन मितिसमेत घोषणा गरिन् । 

यसबीच अनमोल केसीको लोकप्रियता दिन प्रतिदिन चुलिँदै गएको छ । यही जेठ महिनाको अन्तिम साता त अनमोलका लागि सबैभन्दा भाग्यशाली नै सावित भयो । एकातिर उनले अभिनय गरेको चलचित्र ‘गाजलु’ ले प्रदर्शनको तेस्रो दिन नै एक करोड रुपैयाँको व्यवसाय गरेर कीर्तिमान कायम गर्‍यो भने यही साता उनलाई निर्माता सुवास गिरीले आफ्नो नयाँ चलचित्र ‘कृ’ का लागि नेपाली चलचित्रको इतिहासमै सबैभन्दा बढी पारिश्रमिक दिएर अनुबन्ध गरे । करिब एक वर्षपछि छायांकन प्रारम्भ हुने उक्त चलचित्रका लागि निर्माता गिरीले अभिनेता केसीलाई पारिश्रमिक स्वरूप ‘बीस लाख रुपैयाँ’ दिनेछन् । 

यी दुई उत्साहजनक घटनासँग अनमोलका बुवा भुवन केसी प्रत्यक्ष जोडिएका छन् । केही महिनाअघि भुवन केसीद्वारा निर्देशित पहिलो चलचित्र ‘ड्रिम्स’ ले व्यवसायिक सफलता हासिल गर्दा त्यसको श्रेय अभिनेता अनमोल केसीलाई गयो । ‘होस्टल’ तथा ‘जेरी’ पछि अनमोलले ‘ड्रिम्स’ मा सफलताको ह्याट्रिक गरे । 
‘कृ’ मा सर्वाधिक पारिश्रमिक लिइरहेको बेला अनमोलका बुवा भुवन केसी पनि उक्त चलचित्रका निर्मातामध्येका एक भएका छन्, अर्थात् भुवनले अनमोललाई एक्लै छाडेका छैनन् । करिब दुई महिना लामो अस्ट्ेरलिया–बेलायतको भ्रमणमा भुवन र अनमोलसँगै थिए । चलचित्र ‘ड्रिम्स’ को प्रदर्शनका लागि विदेशमा रहेका उनीहरू यो चलचित्र पाइरेसी भएको खबरसँगै स्वदेश फर्किएका हुन् । स्वदेश फर्किएको अर्को साता नै अनमोलको ‘गाजलु’ प्रदर्शनमा आयो । यो चलचित्र प्रदर्शन भएको तेस्रो दिन नै उनी सर्वाधिक पारिश्रमिक लिने पहिलो नेपाली अभिनेता बने । 

अभिनेता अनमोल केसीले भने आफ्ना कारणले बुवा–आमाबीच तानातान भैरहेको अनुभव नगरेको स्पष्ट पारेका छन् । बुवा भुवन केसी तथा आमा सुस्मिता बमजनलाई उत्तिकै महत्व दिँदै अनमोलले भनेका छन् —‘मलाई बुवा र आमा छुट्टिएर बस्दा पनि खासै नरमाइलो फिल भएको छैन, किनभने म सानो छँदै उहाँहरूको डिभोर्स भएको हो । मलाई क्लास वानदेखि टेनसम्मै होस्टेलमा राखिदिनुभयो । डिभोर्सको कुरा एसएलसी सक्किएर होस्टेलबाट निस्किएपछि मात्र भन्नुभयो । एउटा जोडी एक–अर्कासँग खुसी छैन भने छुट्टिएकै राम्रो हो । म अहिले दुवै जनासँग नियमित सम्पर्कमा छु, म बुवासँग बसे पनि मलाई आमाको पनि सपोर्ट छ ।’ 

नायिका सुस्मिता बमजन केसीले पनि अनमोललाई आफूले तानातान गरेको कुरालाई अस्वीकार गरेकी छिन् । ‘हो अनमोल मेरो छोरा हो, सुस्मिता भन्छिन्– ‘उसको स्टारडमलाई मैले क्यास गर्ने भए त ‘म त तिम्रै हुँ’ मा अनमोल नै हिरो हुन्थ्यो, चलचित्रको कथाले अनमोललाई नमागेपछि मैले जबरजस्ती गरिन ।’ छोराका रूपमा म उसलाई असाध्यै माया गर्छु, अनमोलले पनि मलाई माया गर्छ, तर निर्मातीका रूपमा स्थापित हुन अनमोललाई मैले जबरजस्ती प्रयोग गर्नुपर्छ जस्तो लाग्दैन । 

अनमोल काठमाडौं बाहिर जाँदा होस् अथवा नेपाल बाहिर जाँदा होस्, आफूलाई नभेटी, आफ्नो अनुहार नहेरी कहीँ पनि नजाने बताउँदै सुस्मिताले अनमोललाई ‘संस्कारी छोरा’ को संज्ञा दिइन् । ‘अहिले पनि म कहाँ आउँछ, आफूलाई मन लागेको खानेकुरा खान मन लाग्यो भने मलाई भन्छ, म पकाएर ख्वाउँछु, सुस्मिताका अनुसार अनमोल जस्तो छोरा पाउनु उनी स्वयं तथा आफ्ना पूर्वश्रीमान् भुवन केसीका लागि पनि गौरवको कुरा हो । 

सुस्मिताले भविष्यमा अनमोललाई अभिनेताका रूपमा लिएर भुवन केसीको सुपर काजोल फिल्म्स तथा आफ्नो अनमोल क्रिएसनले नयाँ चलचित्र निर्माण गर्न सक्ने सम्भावनालाई भने नकारिनन् । ‘म र भुवनजी पुन: एक हुन त सक्दैनौं, सुस्मिता भन्छिन्—‘तर हामीबीच व्यवसायिक सम्बन्ध पनि गाँसिदैन भनेर म भन्दिनँ ।’ 
 त्यसो त निर्माता, निर्देशक तथा अभिनेता भुवन केसीले पनि छोरा अनमोललाई कुनै पनि काममा जबरजस्ती नगरेको दाबी गरेका छन् । ‘अनमोलले हरेक काम मसँग सल्लाह गरेर मात्र गर्छ, भुवन केसी भन्छन्—‘म चलचित्र क्षेत्रको अनुभवी व्यक्ति भएकाले मात्र होइन म उसको अभिभावक भएकाले पनि उसले मसँग हरेक कुरा सल्लाह गर्छ ।’ भुवन अनमोल आफ्नो छोरा भएकाले उसको हरेक राम्रो तथा नराम्रो कुराको जिम्मा आफ्नो काँधमा भएको दाबी गर्छन् । 


Popular Posts