आफ्नै भाषामा परिवर्तन गरेर हेर्नुहोस : JAGJAGINEWS

Saturday, August 13, 2016

नेविसङ्घको निर्वाचन कार्यक्रम आइतबारबाट : jagjagi news


काठमाडौँ-नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशनको निर्वाचन कार्यक्रम आइतबारदेखि सुरु हुने भएको छ । गत हप्ता आइतबार उद्घाटन भएको महाधिवेशनमा ११ जिल्लाका प्रतिनिधि विवादले नेतृत्व चयनको काम अघि बढ्न सकेको थिएन । 




गत मङ्गलबार मध्यराति नेपाली काँग्रेसले गठन गरेको विवाद समाधान निर्देशक समितिले समस्या समाधान गरेप नि महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गर्न ढिलाइ हुँदै आएको छ ।

नामावलीलाई अन्तिम रुप दिन गृहकार्य भइरहेको निर्वाचन समितिका संयोजक भरतप्रसाद खरेलले  जानकारी दिए। “आज साँझ ५ बजेसम्म अन्तिम नामावली काँगे्रसको वेबसाइटबाट सार्वजनिक गछौँ, शनिबार बिहानदेखि मनोनयनपत्र दर्ता, दाबी विरोध, फिर्ता र अन्तिम नामावली प्रकाशन गरेर सोमबार मतदान हुनेछ” उनले भने ।

काँग्रेसको निर्देशन समिति र निर्वाचन समिति विवाद मिलाएर मतदाता नामावलीलाई अन्तिम रुप दिन लागिरहेका बेला प्रतिनिधि भने अन्योलमा परेको सिन्धुपाल्चोकका प्रतिनिधि तेजबहादुर बानियाँले बताए। यही साउन २३ गते काँग्रेस सभापति शेरबहादुर देउवाले भृकुटीमण्डपमा उद्घाटन गरेको महाधिवेशनको बन्दसत्र भने सुरु हुन सकेको छैन । 

विसं २०६४ जेठपछि हुन लागेको महाधिवेशन बन्दसत्र नगरी नेतृत्व चयनमा जाने तयारी भएको निर्वाचन समितिले जनाएको छ ।

No comments:

Post a Comment

Popular Posts